आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

संक्रमण दर उस्तै, सोमबार थप ९७९ जनामा कोरोना पुष्टि

संक्रमण दर उस्तै, सोमबार थप ९७९ जनामा कोरोना पुष्टि


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७७, सोमबार

काठमाण्डौ, २२ भदौ – पछिल्लो २४ घण्टामा देशभर थप ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । यो संख्या कुल संक्रमितको ६५ प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । पछिल्लो समय ९ हजार २१८ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ छ । हाल क्वारेन्टाइनमा ४ हजार ७३९ जना छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->