आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरामा कोरोना सङ्क्रमित महिलाको मृत्यु, कांग्रेस महामन्त्री कोइरालालाई संक्रमण

पोखरामा कोरोना सङ्क्रमित महिलाको मृत्यु, कांग्रेस महामन्त्री कोइरालालाई संक्रमण

महामन्त्री कोइरालाले घरमै आइसोलेसनमा बस्ने जानकारी दिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७७, मंगलबार

पोखरा, २३ भदौ – पोखरामा कोरोना सङ्क्रमित एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। पोखरा महानगरपालिका-१० की ७३ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार केन्द्रको आइसियुमा मंगलबार दिउँसो करिब साढे ३ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । उनका अनुसार गत भदौ २२ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि उपचारको लागि प्रतिष्ठानमा लगिएकी थिईन । ती महिलामा दमको समस्या थियो। यी महिलाको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा मृत्यु हुनेहरूको सङ्ख्या २१ पुगेको छ।
कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण
कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । महामन्त्री कोइरालाको रिपोर्ट पोजिटिभ आएको ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) स्रोतले पुष्टि गरेको छ ।
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो । साँझ ९९.८ डिग्री मात्रै रहेको ज्वरो राति १ सय २ पुगेको उनले बताए । सचिव तिवारीका अनुसार कोइरालाले घरमै आइसोलेसनमा बस्ने जानकारी दिएका छन् । ‘केही समस्या परे अस्पताल जाने नभए होम आइसोलेसनमै बस्ने बताउनुभएको छ,’ उनले भने ।
का‌ंग्रेस महाधिवेसनको सरगर्मी सुरु भएपछि उनी अहिले टोखाबाट सरेर महाराजगन्जस्थित निवासमा बस्न थालेका थिए । उनी दैनिक दर्जनौं नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्थे । उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका केही नेता तथा कार्यकर्ताहरुले मंगलबार नै पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना दिइएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->