आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा थपिए तीन जिल्लाका ११ संक्रमित

गण्डकीमा थपिए तीन जिल्लाका ११ संक्रमित


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०७७, बुधबार

बागलुङ, २४ भदौ– गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्किको पोखरा महानगरपालिकाका ९ जना, बागलुङको तमानखोला गाउँपालिकाका– १ का २६ बर्षिय पुरुष र नवलपरासि (सुस्ता पुर्व)को गैंडाकोट नगरपालिकाका–१ का ५४ बर्षिय पुरुष संक्रण पुष्टि भएको हो । पोखरा र बागलुङका १० जनाको क्षयरोग उपचार केन्द्र पोखरामा जाँच भएको थियो, भने गैंडाकोटका ५४ बर्षिय पुरुषको चितवन मेडिकल कलेजमा जाँच भएको हो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ । पोखरा महानगरपालिका–१३ का ३८ बर्षीय महिला साउदी अरबबाट आएकी हुन्, पोखरा– १७ का र वार्ड नखुलेका २२ र २४ बर्षका २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका हुनभने अरुसबै संक्रमित व्यक्तिहरु कन्ट्याक ट्रेसिङका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->