पोखरा, २५ भदौ – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले जनप्रतिनिधिहरु जनताको मालिक नभई सेवक बन्नुपर्ने बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन स्थित म्यूजियम मार्ग टोलसुधार समितिद्धारा बुधबार आयोजित विकास निर्माणमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रममा उनले जनप्रतिनिधिहरु चुनावी घोषणापत्रका आधारमा जनसेवामा जुटनु पर्ने आवश्यकता औंल्याए ।
खानेपानी जनताको पहिलो नैसर्गिक अधिकार भएको बताउँदै उनले त्यसका लागि प्रदेश सरकारले दुई बर्ष भित्र प्रत्येक घरमा धारा पु¥याउने लक्ष्यका साथ एक घर एक धारा अभियान सञ्चालन गरेको जानकारी दिए
मुलुकको विकास निर्माण एवम्् जनताका आधारभूत आवश्यकता पुरा गर्न तीन वटै सरकार प्रतिवद्ध भएर अघि बढेको बताउँदै अध्यक्ष थापाले म्यूजियममार्गको खानेपानी सुधारका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्पmत दश लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगीले पोखरा १७ का जनताको खानेपानी सुविधाका लागि तीनै तहका सरकारको सहयोग रहेको उल्लेख गर्दै आगामी एक वर्ष भित्रपोखरामा खानेपानीको सुविधा पुग्ने विश्वास व्यक्त गरिन् । नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गाना र नेपाली कांग्रेसका नेता नारायण श्रेष्ठले विकास निर्माणमा राजनैतिक भन्दा माथि उठेर जनताको सेवामा जुटनुको विकल्प नभएकोमा चर्चा गर्नुभयो ।टोल सुधार समितिका अध्यक्ष हरि बास्तोलाले २०५२ सालमा विस्तार गएको दुई इन्चीको पाईपबाट ६९ धारा जडान भएको जानकारी दिंदै सो मार्गमा चार इञ्चीको पाईप विस्तार गरिने बतााए ।




