बागलुङ, २६ भदौ– शुक्रबार बिहान गण्डकी प्रदेशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्तापूर्व) कास्कि, पर्वत, तनहुँ लमजुङ र स्याङ्जाका बिभिन्न स्थानीय तहमा संक्रमित रहेको पुटि भएको हो । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको तीन बिज्ञप्तीमा कास्किका १२ जना, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ३३ जना, तनहुँका ११ जना, पर्वतका २ जना, लमजुङका ५ जना र स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेज र गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेका प्रयोगशाला हरुमा उनिहरुको जाँच भएको थियो ।





