बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पार्टी एकतालाई मजबुत बनाऔँ : इन्चार्ज करण

पार्टी एकतालाई मजबुत बनाऔँ : इन्चार्ज करण

नेकपा अन्नपूर्णको सपथ सम्पन्न


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७७, शनिबार

पोखरा, २७ भदौ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अन्नपूर्ण गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रम शुक्रवार सम्पन्न भयो ।
कोरोना महामारीलाई लक्षित गर्दै बिहीबार अन्नपूर्ण १ देखि ४ वडाबाट गाउँपालिका कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यहरुले मात्रै सपथ ग्रहण गरेकोमा शुक्रवार ५ देखि ११ वडाबाट प्रतिनिधित्व गर्ने सदस्यले सपथ खाएका हुन् ।
शुक्रबार नयाँपुलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज राजकाजी गुरुङ करणले पार्टी एकतालाई मजबुत बनाउनुपर्ने बताए ।कसैको दवावले भन्दापनि राजनैतिक आवश्यकताले पार्टी एकता भएको स्पष्ट पार्दै इन्चार्ज करणले एकीकरणको मर्मलाई आत्मसाथ गर्न आग्रह समेत गरे ।
केन्द्रीय सदस्य एवम् कास्की सहइन्चार्ज चुडामणि जंगलीले माक्र्सवाद तथा लेलिनवाद पार्टीको मुख्य सिद्घान्त रहेको अवगत गराए ।उनले पार्टी भित्रको आन्तरिक जनवादलाई व्यवस्थित गर्नुपर्ने तथा सिद्घान्त र व्यवहार मिलाउनुपर्ने तर्क समेत गरे ।
त्यस्तै केन्द्रीय सदस्य श्रीनाथ बरालले पार्टी नीति, सिद्घान्त अनुसार चल्नुपर्नेमा जोड दिर्दै नेकपालाई असल कम्युनिष्ट पार्टी बनाउन कार्यकर्ता तहदेखि नै लाग्नुपर्ने भनाई राख े।
सो कार्यक्रममा पार्टीका गण्डकी प्रदेश कार्यालय सदस्य पुण्यप्रसाद पौडेल, प्रदेशसभा सदस्य राजीप पहारी, जिल्ला सदस्यद्वय दामोदर बैरागी र भीमबहादुर विक, पोखरा महानगर कमिटि अध्यक्ष दिपक पौडेल, स्थानीय नेता बुद्घिमान् गुरुङलगायतले शुभकामना राखेका थिए ।
उनीहरुले पार्टी एकताका अप्ठ्यारालाई सबैले बुझनुपर्ने, गुटबन्दी तोड्नुपर्ने, कम्युनिष्ट सिद्घान्त जीवनमा लागु गर्नुपर्ने, द्वन्दात्मक भौतिकवादमा विश्वास गर्नुपर्ने, जनप्रतिनिधि पार्टीको निर्देशन अनुसार चल्नुपर्ने, केन्द्रमा खवरदारी गरिरहनुपर्ने लगायतका धारणा राखेका थिए ।गाउँ कमिटि अध्यक्ष धर्म गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कमिटि सदस्य अर्जुन केसीले स्वागत तथा सचिव लक्ष्मीप्रसाद अधिकारीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->