बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आश्रम लाई थप ब्यबस्थित बनाउन आबस्यक : उपप्रमुख गुरुङ

आश्रम लाई थप ब्यबस्थित बनाउन आबस्यक : उपप्रमुख गुरुङ


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७७, शनिबार

पोखरा, २७ भदौ– पोखराको सितापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई थप सुबिधासम्पन्न बनाउन आवश्यक रहेको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले बताएका छन् ।
पोखरा वृद्धाश्रमले आयोजना गरेको एक छलफल तथा भेटघाट कार्यक्रममा उनले सरकारले एउटा प्रदेशमा एक बृद्धाश्रमको अबधारण अगाडी सारेको सन्र्दभमा आश्रमले थप संरचनाको विकास गर्न जरुरी रहेको र त्यसको लागि पोखरा महानगरपालिको आवश्यक सहयोग हुने उल्लेख गरे । सकेसम्म बृद्धबृद्धाहरुलाई घरमै राख्नु पर्दछ । उनले जिउँदो भगवान हो । तर, कतिपय अवस्थामा साहारा बिहीन बाबाआमाहरु भेटिने भएकाले उहाँको जिम्मा आश्रमले लिने परिस्थिति रहेको उनको भनाई थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले आश्रमलाई प्रदेशको एक नम्वर बनाउन आफ्नो तर्फबाट सबै प्रकारको सहयोग हुने बताए । आश्रम केवल आश्रय स्थल मात्र होइन , यो पोखरा १७को पर्यटकीय गन्तब्य पनि हो’,उनले भने ।
त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी( नेकपा) पोखरा १७ का अध्यक्ष सुभाष ढुंगानाले आफ्नो पार्टी सधैँ बृद्धबृद्धाको पक्षमा रहेको बताए । उनले सुविधाको लागि राज्य तथा सरकार संग आवश्यक बजेट बिनियोजनका लागि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पोेखरा बृद्धाश्रमका अध्यक्ष कुुसुमकेशब पराजुलिले आश्रमलाई बहुआयामिक रुपमा विकास गर्ने आफ्नो सपना रहेको बताए आश्रममा अहिले ६० जना बृद्धबृद्धाहरुले आश्रय लिन सक्ने क्षमता रहेको छ । सुबिधासम्पन्न आवास तथा भोजन गृह, दिवा सेवा केन्द्रको लागि पनि आवश्यक संरचना तयार भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->