आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

थप १२ सय दुई जनामा संक्रमण पुष्टि

थप १२ सय दुई जनामा संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७७, शनिबार

काठमाण्डौ, २७ भदौ– देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन् । सधैँझैँ नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले यसबारे जानकारी दिएका हुन् । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५५४ पुगेको छ । यो संख्या कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत रहेको पनि गौतमले बताए। पछिल्लो २४ घघ्टामा १० हजार १७६ पिसिआर परीक्षण गरिएको छ । आजसम्‍मको तथ्यांकअनुसार देशभरमा १५ हजार २६० सक्रिय संक्रमित छन् । होम आइसोलेसनमा बस्नेहरूको कुल संख्‍या ६ हजार १५३ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->