बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रुपा पहिरो पीडितलाई कास्की कांग्रेस सहयोग

रुपा पहिरो पीडितलाई कास्की कांग्रेस सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

पोखरा, २८ भदौ– नेपाली कांग्रेस कास्कीले रुपा गाउँपालिका ६ बराहथोकका बाढिपहिरो प्रभावित परिवारलाई सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको लाई परिवारलाई नगद २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार, हरिराम विकको परिवारलाई दुई÷दुई हजार रुपैयासहित खाद्यान्न सहयोग गरिएको कास्की कांग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापसहितको टोली सहयोग लिएर बराहथोक पुगेको थियो ।भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुर्दा काजि विककी छोरी सिर्जनाको मृत्यु भएको थियो । दुई घर परिवार विस्थापित भएका थिए । नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति तुलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव बलराम गुरुङले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->