आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा थपिए ३२ सङ्क्रमित, लमजुङका १६ जना नेपाली सेनाका जवान

गण्डकीमा थपिए ३२ सङ्क्रमित, लमजुङका १६ जना नेपाली सेनाका जवान


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

पोखरा, २८ भदौ– आइतबार बिहान गण्डकी प्रदेशका ५ जिल्लाका ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या २ हजार ९३५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बिनोदबिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा सङ्क्रमणको पुष्टि भएको हो । थपिएकाहरूमा स्याङ्जाको बिरुवा गाउँपालिकाका २ जना, पुतलीबजार नगरपालिकाका २ जना, कास्कीको पोखरा महानगरपालिकाका २ जना, लमजुङको सुन्दरबजार नगरपालिकाका १६ जना, बेसीसहर नगरपालिकाका १ जना, तनहुँको भानु नगरपालिकाका १ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाका ६ जना, मध्यबिन्दु नगरपालिकाका १ जना र हुप्सेकोट गाउँपालिकाका १ जना रहेका छन् । कास्कीको पोखरा महानगरपालिका–१६ की २० वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत कर्मचारी हुन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का ७६ वर्षीय पुरुष र पोखरा महानगरपालिका–९ का ७० वर्षीय पुरुषको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । लमजुङको सुन्दरबजार–९ का १६ जना पुरुषहरु नेपाली सेनामा कार्यरत हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->