सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सिन्धुपाल्चोकमा पहिरो दुईको शव भेटियो, २२ जना बेपत्ता

सिन्धुपाल्चोकमा पहिरो दुईको शव भेटियो, २२ जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

काठमाण्डौ, २८ भदौ– सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । २२ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएका छन् । ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको सापकोटाले बताए । यस्तै भीरखर्कमा २ घर पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको शव भेटिएको छ । ६ जना बेपत्ता भएका छन् । अहिले स्थानिय र प्रहरी उद्धारमा खटिएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए । उनका अनुसार विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->