सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सिन्धुपाल्चोक पहिरो : ६ जनाको शव भेटियो, २५ जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरो : ६ जनाको शव भेटियो, २५ जना अझै बेपत्ता


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

काठमाण्डौ, २८ भदौ– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ६ जनाको शव फेला परेको छ । दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये तीन जनाको परिचय खुलेको छ । घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिक र ६० वर्षीया सर्किनी नेवार शव फेला परेको छ । पहिरोमा परेर अन्य २५ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि स्थानीयले उद्धार र खोजीकार्य जारी राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->