आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देशभर एक हजार १७३ जना कोरोना संक्रमण मुक्त

देशभर एक हजार १७३ जना कोरोना संक्रमण मुक्त

देशभरमा थप एक हजार ३९ जना नयाँ संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

काठमाण्डौ, २८ भदौ– पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ३९ जना कोरोना संक्रमित बढेका छन् । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित मिडिया प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । आजसम्‍मको तथ्यांकअनुसार देशभरमा १५ हजार २१७ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा ९ हजार १६५ वटा पिसिआर परीक्षण भएको पनि प्रेस ब्रिफिङका क्रममा उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->