आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पिसिआरको मुल्य सस्तियो, अव दुई हजारमा परीक्षण

पिसिआरको मुल्य सस्तियो, अव दुई हजारमा परीक्षण


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०७७, आइतबार

काठमाण्डौ, २८ भदौ– सरकारले कोभिड–१९ संक्रमण पत्ता लगाउनका लागि गरिने पिसिआर परीक्षण शुल्क घटाएको छ । यसअघि अधिकतम चार हजार रुपैयाँ लिने गरिएकोमा अब दुई हजार रूपैयाँमै पिसिआर परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमका अनुसार सबै किसिमका शुल्क जोडेर अब पिसिआर परीक्षणका क्रममा ल्याबहरुले दुई हजारभन्दा धेरै लिन पाउने छैनन् । ‘पिसिआर परीक्षणसम्बन्धी शुल्क पुनरावलोकन गरेका छौं । रिएजेन्टसहितका सामानको मूल्य घटेका आधारमा यस्तो निर्णय लिइएको हो’ गौतमले भने, ‘कोभिड–१९ को परीक्षण शुल्क निजी, सार्वजनिक र सरकारी सबै प्रयोगशालामा २ हजारभन्दा नबढी लिने व्यवस्था मिलाइएको छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->