काठमाण्डौ, २९ भदौ– देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ८७८ वटा पिसिआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। हाल देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित छन् । यस्तै, पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि गौतमले बताए ।





