आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा मृत्यु हुने संक्रमितको संख्या ३० पुग्यो

गण्डकीमा मृत्यु हुने संक्रमितको संख्या ३० पुग्यो

मंगलबार बिहान थप ४७ जनामा कोरोना संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०७७, मंगलबार

पोखरा, ३० भदौ– कोरोना संक्रमणबाट गण्डकी प्रदेशका थप एक जनाको मत्यु भएको छ । यससँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गोरखाको बारपाकसुलिकोट–८ स्थायी ठेगाना भएकी ६३ वर्षीया महिलाको भदौ २९ गते काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको थियो । क्यान्सर रोगी ती महिलामा भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै गण्डकी प्रदेशका सात जिल्लामा मंगलबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार मंगलबार तनहुँको शुक्लागण्डकी नगरपालिकाका आठ, कास्कीको पोखरा महानगरपालिकाका तीन, गोरखाको शहीदलखन गाउँपालिकाका एक, लमजुङको बेसीसहर नगरपालिकाका एक, मनाङको नासो गाउँपालिकाका एक, स्याङ्जाको वालिङ नगरपालिकाका दुई, आधिँखोला गाउँपालिकाका दुई र पुतलीबजार नगरपालिकाका आठजनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये बौदीकाली गाउँपालिकाका एक, गैँडाकोट नगरपालिकाका दुई र देवघाट गाउँपालिकाका १ जना रहेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० की २३ बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत छिन् । पोखरा महानगरपालिकाकी एकजना संक्रमित ३२ वर्षीया महिला सिर्जनाचोक पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाइ कर्मचारी हुन् । लमजुङ जिल्लाका एक जना ७० वर्षीय पुरुष बेंशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->