बागलुङ, ३१ भदौ– गण्डकी प्रदेशमा बुधवार बिहान चार जिल्लाका ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या तीन हजार १७१ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये कास्कीका मात्रै ३२ जना रहेका छन् । उनीहरू पोखरा महानगरपालिका–८ का तीन, वडा नम्बर ५ का एक, वडा नम्बर ११ का पाँच, वडा नम्बर २७ का चार, वडा नम्बर ४ का नौ, वडा नम्बर १५ का दुई, वडा नम्बर १० का दुई, वडा नम्बर ९ का एक वडा नम्बर १ एक र वडा नम्बर ६ का तीनजना रहेका छन् । कास्कीकै रुपा गाउँपालिका–६ का एक पुरुषमा पनि संक्रमण रहेको पाइएको छ । यस्तै, बाग्लुङको गलकोट नगरपालिका–३ का एक, बडिगाड गाउँपालिका–४ का ६ बर्षिय एक बालक र बाग्लुङ नगरपालिका–१ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
तनहुँको ब्यास नगरपालिका–१ का एक जना, वडा नम्बर ११ का एक तथा घिरिङ गाउँपालिका–१ का दुई, शुक्ला गण्डकी १० का एक जना र वडा नम्बर ३ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाका १३ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू शहिदलखन गाउँपालिका–३ का एक, बारपाक सुलिकोट गाउँपालिका–७ का चार, वडा नम्बर ३ का एक, वडा नम्बर ४ का एक, वडा नम्बर ६ का एक, वडा नम्बर ८ का एक, भीमसेन थापा गाउँपालिका–७ का दुई र गोरखा नगरपालिका–७ का दुईजना रहेका छन् । पूर्वि नवलपरासीको कावासोती ८ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका–४ का आठजना पुरुष नेपाल प्रहरीमा कार्यरत छन्भने वडा नम्बर १५ का ४० वर्षका दुईजना पुरुष, वडा नम्बर २७ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का २१ वर्षीय पुरुष गरी चारजना भारतबाट आई क्वारेनटाइनमा बसिरहेकाहरू हुन् । वडा नम्बर १ का २५ वर्षीया महिला पृथ्वीचोक स्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् । यस्तै, रुपा गाउँपालिका–१ का २७ वर्षीय पुरुष इलामबाट आई क्वारेनटाइनमा बसेका व्यक्ति हुन् भने पोखरा महानगरपालिका–तनहुँको घिरिङ र बागलुङमा थपिएका सबै जना भारतबाट आएर क्वारेनटाइनमा बसिरहेका व्यक्ति हुन । बाँकी रहेका अन्य सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट पत्ता लागेका हुन् ।







