स्याङ्जा, ३१ भदौ– गल्याङ नगरपालिका–११ गल्कोटमा मान्केखोला गल्कोट ¥यानपम्प विस्थापन लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी आयोजनाको उद्घाटन गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरबासी सबैको घरघरमा खानेपानी पु¥याउनका लागि आफु प्रतिबद्व रहेको बताए । उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद भण्डारीले खानेपानीको व्यवस्थापनका लागि बजेट अपुग भएकोले थप बजेटको आवश्यकता भएको बताए । खानेपानी आयोजनाबाट गल्याङ नगरपालिकाका–११ का १ सय घर परिवार लाभान्वितत बनेको स्थानीय बासिन्दा लिलाबल्लब अर्यालले जानकारी दिए ।




