बागलुङ, १ असोज– बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । बुधबार राती भएको आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौर की सरस्वती बिकको कच्चि घर जलेको हो । राती २ बजेको समयमा एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ । घरमा आगलागी भएको देखेर भागेका बिक परिवारले ज्यान बँचाएका छन् । उनको घर सबै जलेकाले सामान जलेका प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले बताए । स्थानीयले बुधबार रातीनै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन् । घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले बिक परिवारलाई छिमेकीको घरमा राखिएको उनले बताए । घटनाको बिषय थप विवरण आउन बाँकी छ ।





