बागलुङ, ४ असोज– गण्डकी प्रदेशमा आइतबार थप ३६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या तीन हजार ४३८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी गरिएको दोस्रो विज्ञप्तिमा ३ जिल्लाका ३० जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा थपिएकाहरूमा तनहुँका २१ र १२ वर्ष वर्ष उमेरका दुई जना महिला, लमजुङको सुन्दरबजार नगरपालिका–९ का ४२, ५५, १४, २५ र ६ वर्षीय पुरुष तथा २६, १०, १५, २५, ५०, २०, ६ र ४१ वर्षीया महिला रहेका छन् ।
वडा नं. ६ का २१ वर्षीय र वडा नं. १० का १९ वर्षीय पुरुषमा पनि सङ्क्रमण रहेको पाइएको छ । यस्तै कास्कीका १३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उनीहरू पोखरा महानगरपालिका–७ मा कार्यरत रहेका ४०, २८, २५, २४, ४२ र ४२ वर्ष उमेरका ६ जना पुरुष, वडा नं। २२ का २२ वर्षीय पुरुष, वडा नं. १७ का ४५ वर्षीय पुरुष र २७ वर्षीया महिला, वडा नं. ७ का ३८ वर्षीय पुरुष, वडा नं. ६ का २५ वर्षीया महिला र ३२ वर्षीय पुरुष तथा वडा नं. २३ की ४४ वर्षीया महिलामा सङ्क्रमणको पुष्टि भएको छ । निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका–७ का ६ जना पुरुषहरू नेपाल प्रहरीमा कार्यरत छन् । तनहुँ जिल्लाका दुवै महिला जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा उपचाररत छन् ।
यस अगाडि आइतबार बिहान जारी गरिएको पहिलो विज्ञप्तिमा कास्कीका ६ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी गराइएको थियो । उनीहरू माछापुच्छ्रे गाउँपालिका–३ का ५७ वर्षीय पुरुष र पोखरा महानगरपालिका–१२ का २२ वर्षीय पुरुष, वडा नं. १० का ३६ वर्षीय पुरुष, वडा नं. ८ की १७ वर्षीया महिला, वडा नं. २५ का २६ वर्षीय पुरुष तथा वडा नं. ५ का ५७ वर्षीय पुरुष रहेका छन् ।





