काठमाण्डौ, ४ असोज–देशभर पछिल्लो २४ घणटामा १३ सय २५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६६ जना कोरोना संक्रमणमुक्त पनि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमका अनुसार देशभर होम आइसोलेसनमा ८ हजार ४ सय २ बसिरहेका छन् । त्यस्तै आजको पिसिआर जाँच ९ हजार ५ सय ८४ रहेको पनि उनले बताए । साथै हाल ७ हजार ४ सय ५१ जना क्वारेन्टाइनमा छन् ।





