आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बुर्तिबाङमा पाँच स्वास्थ्यकर्मीसहित १४ जनामा संक्रमण

बुर्तिबाङमा पाँच स्वास्थ्यकर्मीसहित १४ जनामा संक्रमण

गण्डकी प्रदेशमा सोमबार बिहान ३८ जनामा संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७७, सोमबार

बागलुङ, ५ असोज– बागलुङमा पाँच जना स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ढोरपाटन नगरपालिकाले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बनाएको अस्थायी कोभिड अस्पतालका तीन जना र निजी मेडिकलमा काम गर्ने दुई जना स्वास्थ्यकर्मीसहित १४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये दुईजना नगरपालिकाका कर्मचारी, एक जना नेपाल बैंक बुर्तिबाङ शाखाका कर्मचारी, दुई जना होटल व्यवसायी र अर्का एक जना इलेक्ट्रिक पसल गर्ने व्यवसायी हुन् । बाँकी सबै भारतबाट आई क्वारेन्टाईनमा रहेका व्यक्ति भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
संक्रमितमध्ये ७ जना पुरुष र ७ जना महिला हुन् । भदौ १७ गतेको बाढीपहिरोपछि ढोरपाटनमा राहत लिएर जानेहरुको ठुलो भीड लाग्ने गरेको छ । भीडभाड धेरै भएको र कार्यालयदेखि स्वास्थ्य संस्थामा समेत संक्रमित भेटिएपछि कन्ट्याक ट्रेसिङमा समेत समस्या हुन सक्ने संक्रमित स्वास्थ्यकर्मीहरु बताउँछन् ।
गण्डकी प्रदेशमा सोमबार बिहान ३८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १४ जना बागलुङका हुनभने बाँकी तनहुँका १७ जना, गोरखाका १ जना, कास्कीका ४ जना र स्याङ्जाका २ जना रहेका छन् । संक्रमित सबैलाई आईसोलेसन लैजाने तयारी छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ७ सय ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->