मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

विभिन्न मुद्दाका ४८ जना फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका ४८ जना फरार प्रतिवादी पक्राउ

प्रहरीले कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिटलगायतका बिभिन्न मुद्दबम फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदातल बुझाएको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७७, सोमबार

पोखरा, ५ असोज– स्याङ्जा प्रहरीले एकैदिनमा विभिन्न मुद्दाका ४८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले सोमबार दिएको जानकारी अनुसार प्रहरीले कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिटलगायतका बिभिन्न मुद्दबम फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी अदातल बुझाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा हाडनाता करणी मुद्दामा २ वर्ष कैद तोकिई २३ वर्षदेखि फरार रहेका जिल्ला स्याङ्जा हरिनाश गाउँपालिका–५ बस्ने वर्ष ६४ को कर्णबहादुर मह भन्ने कर्णबहादुर भट्ट क्षेत्री, सवारी ज्यान मुद्दामा २ वर्ष कैद तोकिई १५ वर्षदेखि फरार रहेका जिल्ला स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने वर्ष ४५ को भक्त सुनारी मगर र डाँका चोरी मुद्दामा ६ वर्ष कैद तोकिई विगत १० वर्षदेखि फरार रहेका जिल्ला स्याङ्जा हरीनास गाउँपालिका १ बस्ने वर्ष ६२ को लालबहादुर नाम्जालीलगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->