सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गुल्मीमा पहिरोले पुरिएका एक जनाको शव फेला, एक बेपत्ता

गुल्मीमा पहिरोले पुरिएका एक जनाको शव फेला, एक बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७७, मंगलबार

फाइल फाेटाे

गुल्मी, ६ असोज– गुल्मीमा पहिरोमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छभने एक जना अझै बेपत्ता छन् । सोमबार राति ८ बजे जिल्लाको इश्मा गाउँपालिका वडा नं २ छल्दीपनाहा रातडाडा सडकमा पहिरो जाँदा इश्मा २ स्यालाका पैदल हिडीरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ६ वर्षका सफल कुमाल पहिरोमा परि बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये प्रेम बहादुर कुमालको सडक देखि ५० मिटर तल मंगलबार बिहान शव फेला परेको र सफलको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए । अहिले नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सफलको खोजी कार्यमा जुटेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->