आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा मंगलवार २४ जना संक्रमित थपिए

गण्डकीमा मंगलवार २४ जना संक्रमित थपिए


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७७, मंगलबार

बागलुङ, ६ असोज– गण्डकी प्रदेशमा मंगलवार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको तीन फरक बिज्ञप्ती अनुसार प्रदेशका पाँच जिल्लामा नयाँ संक्रमित भेटिएका हुन् । बागलुङको बरेङमा भारतबाट आएर क्वारेन्टाईनमा बसेका १९ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकाका ८ जना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिकाका ३ जना, तनहुँको ऋषिङका ४ जना र शुक्लागण्डकीका २ जना, लमजुङको बेसिशहरका ५ जना र मस्र्याङ्दीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ३ जना पुगेको छ । संक्रमित मध्ये अधिकांश कन्ट्याक ट्रेसिङका हुनभने केही बिदेशबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->