काठमाण्डौ, ६ असोज– देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यही समयमा देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन् । पछिल्ला १५ दिनयता लगभग उस्तै दरमा संक्रमित थपिरहेका छन् । चार दिनअघि भने २४ घण्टाभित्रै २ हजार २० संक्रमित थपिएका थिए । मंगलबार (आज) देशभर क्वारेन्टाइनमा ७ हजार १ सय ७१ जना बसिरहेका छन् । आजको पिसिआर ११ हजार १ सय ५४ रहेको र आज संस्थागत आइसोलेसन ९ हजार १ सय ९३ छन् । आजसम्म ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन् ।





