बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

३ विधेयकमाथि दफाबार छलफल

३ विधेयकमाथि दफाबार छलफल

प्रदेश प्राधिकरण विधेयकमाथि संशोधन प्रस्ताव दर्ता ।


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७७, बुधबार

पोखरा, ७ असोज– मंगलबार बसेको प्रदेश सभा बैठकमा संसदमा प्रस्तुत भई सकेका ३ नयाँ विधेयकमाथि छलफल भएको छ । गण्डकी प्रदेश प्रहरीको सम्बन्धमा बनेको विधेयकमाथि छलफल बोल्दै सांसद मायानाथ अधिकारीले प्रहरी सम्बन्धी ऐन पुरानो बनेको जिकिर गरे । त्यही ऐनको आधारमा नियमावलि बनेको । तर, नियमावलि देश अनुकुल बनाउने काम नभएको उनको आरोप छ । उनले प्रहरी ऐन अरु कुनै देशको कपि गर्ने काम भएको समेत जिकिर गरे । ‘यो परम्परागत भयो । मौलिकताको आधारमा आवश्यकताका आधारमा बनाउनुपर्छ । त्यही अनुसार शिक्षित गर्नुपर्छ,’ उनले भने ।
अर्का सांसद मेखलाल श्रेष्ठले प्रदेशको सुरक्षामा खटिने प्रहरीलाई तालिमको व्यवस्था गर्नुपर्ने जिम्मा प्रदेश सरकारको भए पनि प्रदेश सरकारले नै गर्ने भनेर विधेयकमा स्पष्ट नदेखिएको बताए । घटना परिघटनामा जनपथ प्रहरीले नै पत्ता नलागने हुँदा केन्द्रमा अनुसन्धान ब्युरो भए जस्तो प्रदेशमा आवश्यक रहेको उनले औल्याए । विधेयकअनुसार एसपी सम्म राख्ने भनिए पनि उनीहरुलाई विदेशमा पाइने कोटामा ठाउँमा प्रदेशमा खटिएका प्रहरी त्यहाँ जान पाउन पाउने कि नपाउने उल्लेख नभएको उनले सुनाए । केन्द्र सरकारका प्रहरीले त्यो उपभोग गर्न नपाउँदा प्रदेश प्रहरीको मनोबल गिर्ने उनको धारणा छ ।
अर्का सांसद राजीव प्रहरीले यथार्थ धरातलमा उभिएर विधेयक आएको जिकिर गरे । विदेशका राम्रा पक्षलाई नेपाली परिवेशअनुसार ध्यान दिएर विधेयक आएको उनको दाबी छ । अर्कि सांसद धनमाया पोखरेल लामाले महिलालाई पनि सँगै जोडेर लैजानुपर्ने जिकिर गरिन् । एसिड आक्रमणको दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकिएको अवस्थामा जातीय आधारमा हुने हिंसा यकिन गरेर कारबाहीको दायरामा ल्याउन महिला न्यायिक र दलीत महिला न्यायिक समिति बनाउनुपर्ने उनको तर्क छ ।
सांसद धनञ्जय दवाडीले ऐनले प्रदेश प्रहरीका आधारभूत सिद्धान्त अघि सारेको जिकिर गरें । लोकतन्त्रप्रतिका प्रतिबद्धताले त्यो सरकार कति जनमैत्री छ भन्ने टुंगो लाग्ने बताउँदै उनले ऐनले आधारभुत सिद्धान्तमा टेकेको बताए ।
सांसदहरुले उठाएको प्रश्नमाथि आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुरले जवाफ दिएपछि खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल प्रारम्भ भएको थियो ।
विधेयककमो सैद्धान्तिक पक्षमाथि बोल्दै सांसद दीपक कोइरालाले अघि नै छलफलमा अउानुपर्ने विधेयक भए पनि संघीय विधेयकले गर्दा पछि परेको बताए । समय सान्दर्भिक रुपले विधेयक आएको उनको जिकिर छ । परापूर्वक कालमा खेलकुद केबल खेल्नेमा मात्र सम्बन्धित रहे पनि खेलकुल आर्थिक उपार्जन र कम विकसित राष्ट्रलाई विकसित मुलुकमा चिनाउने पनि उनले बताए । सांसद विष्णुप्रसाद लामिछाने महत्वपूर्ण विधेयक आएको बताए ।
सांसद पीयारी थापाले खेल जगतमा भविष्य खोज्नेहरुको लागि विधेयकले खुसी थपेको जिकिर गरिन् । ढिलै भए पनि विधेयक आएको उनले बताइन् । विधेयकले प्रस्तावनामा खेलाडीहरुको व्यवसायीक सुरक्षा गर्न भने पनिव्यवसायीक सुरक्षाको प्रत्याभुती गर्न भनेर ल्याएको भने राम्रो हुने उनले सुझाइन् ।
सांसद विनोद केसी र पूष्पा केसी भण्डारीले खेलमा भविष्यदेख्नेलाई विधेयकले मनोबल थप उच्च पार्ने विश्वास लिए ।
छलफलपछि सामाजिक विकास मन्त्री नरदेवी पुनले सांसदहरुले उठाएको प्रश्नको सवाल जवाफ गरेकी थिइन् ।
प्रदेश प्राधिकरण विधेयकमाथि संशोधन प्रस्ताव दर्ता ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस बागलुङबाट निर्वाचित सांसद मणीभद्र शर्माले गण्डकी प्रदेश विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन् । विधेयकमाथिको छलफलपछि सभामुखले संशोधन फिर्ता लिने समय दिए पनि आफ्नो संशोधन प्रस्ताव उचित भएको दाबी गर्दै उनले संशोधन प्रस्ताव फिर्ता नलिने बताएका थिए ।
संशोधन प्रस्ताव दर्ता गराउँदै सांसद शर्माले पारित भएका ४२ विधेयकमध्ये ३३ विधेयकमा नेपाल काँग्रेसले सर्व सम्मति जनाएको र ९ विधेयकमा मात्र असहमति जनाएको स्मरण गराए । नयाँ आर्थिक वर्षमा प्रस्तुत बजेटमा विधेयक पेश हुनु अगावै विधेयकका लागि११ करोड रुपैयाँ रकम विनियोजन गर्नुले संसदवादका उपेक्षा गरेको उनले जिकिर गरें ।
विधेयक पास हुनु र नहुनको मान्यता गराएको बताउँदै उनले पास फेलको निधो नहुँदै बजेट छुट्याउनु गम्भिर रहेको दाबी गरें । सुरुमै विरोध दर्ता गराए पनि बहुमतबाट अस्वीकृत भएकाले केही बुँदामा संशोधन दर्ता गराए पनि बहुमतबाटै अस्वीकृत हुने समेत उनले बताए । विधेयकमाथिको छलफलमासांसद इन्द्रलाल सापकोटा, विन्दु कुमार थापा र मीनप्रसाद गुरुङले बोलेका थिए । प्रतिपक्षको विरोधको बाबजुद पनि विधेयक बहुमतले स्वीकृत भएको छ । सभाको अर्को बैठक असोज १३ गते दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->