सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

जैमिनीका पहिरो पीडितलाई महिला उद्यमीको नगद र लत्ताकपडा सहयोग

जैमिनीका पहिरो पीडितलाई महिला उद्यमीको नगद र लत्ताकपडा सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७७, बुधबार

बागलुङ, ७ असोज – जिल्लाको जैमिनी नगरपालिकाका पहिरो पिडितलाई बागलुङ उद्योग बाणिज्य संघ, महिला उद्यमी विकास समितिले ५० हजार नगदका साथमा लत्ता कपडा सहयोग गरेको छ ।
समितिका अध्यक्ष भगवती केसीको नेतृत्वमा गएको टोलीले पहिरोबाट प्रभावित भएका परिवारलाई नगद ५० हजार रुपैयाँको साथमा १ लाख बराबरको जाडो र गर्मिमा लगाउने लत्ता कपडा सहयोग गरेको हो ।
भदौ २८ र २९ गतेको जैमिनी नगरपालिका–१को टुनिबोट वडा नं. ५ को विनामारेमा जनधनको क्षती बनाएको थियो भने, केही समयमा पहिला वडा नं. ९ को पैयुँथन्थापमा पनि केही घर विस्थापित भएका थिए ।
जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलको विशेष उपस्थितिमा टुनिबोटमा एक कार्यक्रमको आयोजना गरी प्रति परिवार ४ हजार रुपैयाँ नगद सहित अन्य लत्ता कपडा हस्तान्तरण गरिएको हो । विनामारे र पैयुथन्थापका पहिरो पिडितलाई भने नगप्रमुख पौडेल र जैमिनी उद्योग बाणिज्य संघ ईकाईका प्रतिनिधि विष्णु आचार्य मार्फत पठाईएको अध्यक्ष केसीले बताईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->