आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा थपिए २५ संक्रमित

गण्डकीमा थपिए २५ संक्रमित

क्वारेन्टाईन बसेका र कन्ट्याकमा परेकाहरुमा संक्रमण


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७७, बुधबार

बागलुङ, ७ असोज– पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार गण्डकीका ७ जिल्लामा नायँ संक्रमित फेला परेका हुन् । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा कास्कीमा सबैभन्दा धेरै ९ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरु सबै पोखरा महानगरपालिकाका हुन् । तनहुँमा ४ जनामा संक्रमण पुष्टि भएको छ । भिमाद नगरपालिकाका ३ जना र व्यास नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । लमजुङको मध्येनेपाल गाउँपालिकाका ५ जना, स्याङ्जाको वालिङ नगरका २ जना र गल्याङ नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । सकृय संक्रमित नरहेको म्याग्दीमा बुधबार एक जनामा संक्रमण देखिएको छ । उनी बेनी नगरपालिकाका हुन् । पुर्वि नवरपरासीको बोदीकालीका १ पुरुषमा संक्रमण पुष्टि भएको छभने बागलुङको वडिगाड गाउँपालिका र बागलुङ नगरपालिकाका १÷१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले बताए । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ४८ पुगेको छ । कास्की जिल्ला र लमजुङ जिल्लाका व्यक्तिहरु कन्ट्याक ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएका र अन्य जिल्लाका सबै व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका रहेको शर्माले बताए । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->