आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा ३१ थपिँदा बागलुङका ८ जना संक्रमित

गण्डकीमा ३१ थपिँदा बागलुङका ८ जना संक्रमित

पर्वतमा कार्यरत तीन जना नेपाली सेनाका जवान सहित ४ जनामा संक्रमण पुष्टि भएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज ७ २०७७, बुधबार

बागलुङ, ७ असोज– पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको आजको दोस्रो विज्ञप्ती अनुसार गण्डकीका ५ जिल्लामा नयाँ संक्रमित फेला परेका हुन् ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा बागलुङका ८ जनामा संक्रमण पुष्टि भएको छ । बागलुङको जैमिनी नगरपालिकाका ५ जना, गलकोट नगरपालिकामा १ जना र काठेखोला गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।
तनहुँमा ११ जनामा संक्रमण पुष्टि भएको छ । व्यास नगरपालिकाका ५ जना, भानु गाउँपालिकाका २ जना, आबुखैरेनी नगरपालिकाका ३ जना र देवघाटका १ जनामा संक्रमण पुष्टि भएको हो । स्याङ्जाको विरुवा गाउँपालिकाका १ जना र कास्किको पोखरा महानगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पर्वतमा कार्यरत तीन जना नेपाली सेनाका जवान सहित ४ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरु सबै कुश्मा नगरपालिकामा छन् ।
पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय ७९ पुगेको छ । बागलुङका सबै भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् । स्याङ्जाको बिरुवाका ३० बर्षीय पुरुष शिक्षक हुन । तनहुँको ब्यास–१० का ४८ बर्षीय पुरुष बिद्युत कार्यालयका कर्मचारी हुनभने अरु सबै संक्रमित कन्ट्याक ट्रेसिङमा परेका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->