सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता

पाल्पामा पहिरोले घर पुरिँदा ६ जना बेपत्ता


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७७, बिहिबार

फाईल फोटो

पाल्पा, ८ असोज–पाल्पामा पहिरोले पुरिएर बिहिवार ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको हो । हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको वडाध्यक्ष उमानसिह सारूले बताए । उनकाअनुसार बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन् । तिन दिनदेखि परेको अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनिहरू पुरिएका हुन् । अहिले स्थानीयले उद्दार गरिरहेका छन् । घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न कठिन भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । अहिले आफूहरू पैदल जाँदै गरेको उनले बताए । त्यहाँ पुग्न करिब २ घण्टा लाग्ने उनले बताए । बाटोमा डोजर परिचालन गरेर सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको उनले बताए । यस्तै सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको अध्यक्ष भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->