बागलुङ, ११ असोज– नवलपरासीको कावासोतीनेर पर्ने नारायणी नदीको बगरमा एक पुरुषको शव प्राप्त भएको छ । गण्डकी प्रदेश प्रहरीका अनुसार कावासोती–१३, भंगा कोर क्षेत्रको बगरमा करिब ४५ वर्षीय पुरक्षको शव फेला परेको हो । शवको प्रकृति हेर्दा करिब ५ दिन अगाडि नै मृत्यु भएको जस्तो देखिएको प्रहरीको भनाई छ । प्रहरीले शवको पहिचान र मृत्युको कारणबारे अनुसन्धान सुरु गरेको छ ।





