बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा जेसिजद्धारा खेलकुद,शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा जेसिजद्धारा खेलकुद,शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७७, मंगलबार

पोखरा, १३ असोज– पोखरा जेसिजले सडक बालबालिकाहरुलाई खेलकुद, शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । जेसिजले अन्नपूर्ण गाउँपालिका– १, लेवाडेस्थित फूलबारी श्रोत केन्द्रमा रहेका १७ जना सडक बालबालिकालाई फुटबल,भलिबल ब्याडमिन्टनसहित शैक्षिक सामग्रीका साथै स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पोखरा जेसिजले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत दोस्रो दिन सो कार्यक्रम सम्पन्न गरेको हो ।
पोखरा महानगरपालिकाको सहयोगमा सडक बालबालिकाको उद्धार गरी फूलबारी स्रोत केन्द्रमा राखिएको छ । केन्द्रले सडक बालबालिकाको उद्धार गरि स्नातकसम्म अध्ययनको लागि सहयोग गर्दै आइरहेको छ । जेसिजले आयोजना गरेको हस्तान्तरण कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले मानव भावना लिएर शिक्षाको ज्योति देखाउन सहयोग गरेको भन्दै आभार प्रकट गरे । सडकमा रहने बालबालिका मात्र नभई उनीहरुलाई पाउने कतिपय आमाहरु समेत सडकमै रहने गरेको बताउँदै कुवँर त्यसता महिलाको समेत उद्धार गरि सिपमूलक तालिम दिएर जिविकोपार्जनको बाटो देखाउन आवश्यक रहेको उनले बताए । ‘गरिबका मात्र होइन धनीका छोराछोरी समेत विविध कारणले सडकमा आउने गरेका रहेछन् । हामीले कोशिस गरे सम्भव रहेछ’, कुवँरले भने । गाउँपालिकाले खाना नफालौ अभियान समेत सञ्चालन गर्दै आएको कुवँरले बताए । ३२ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा बालबालिकालाई राख्ने आवासगृह, तालिम हल समेत रहेको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा अन्नपुर्ण गाउँपालिकाको सहयोगमा सो क्षेत्रमा पुग्ने बाटोसहित किचन तथा आवास निमार्ण भएको श्रोतकेन्द्रका प्रमुख रामचन्द्र शर्माले जानकारी दिए । २५ वर्ष देखि सरकारसँग हातेमालो गर्दै आइरहेको केन्द्रले ३७ प्रतिशत आम्दानी आफैले गर्दै आइरहेको छ । केन्द्रको सहयोगमा करिब ५ सय विधार्थीले विभिन्न १ सय ६८ विद्यालयमा अध्ययन गर्दै आइरहेका छन । कार्यक्रममा सप्ताहव्यापी कार्यक्रम संयोजक मिनराज खड्का, पोखरा जेसिजका अध्यक्ष शिवप्रसाद सापकोटा, शैक्षिक सामग्री हस्तान्तरण संयोजक कपिल पौडेल, सहयोगदाता प्रिति मगरलगायतले आफ्नो भनाइ राखेका थिए । हाल श्रोतकेन्द्रमा १४ बालक, ३ बालिका र एक उमेर पुगेका व्यक्ति रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->