आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा नेपाली सेना र पोखरामा प्रहरीका जवानसहित गण्डकीमा ४४ जनामा संक्रमण पुष्टि

बागलुङमा नेपाली सेना र पोखरामा प्रहरीका जवानसहित गण्डकीमा ४४ जनामा संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७७, बुधबार

बागलुङ, १४ असोज– गण्डकी प्रदेशमा बुधबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ६ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगर पालिकाका २७ जना, गोरखाको आरुघाट गाउँपालिकाका १ जना, पूर्वि नवलपरासीको कावासोतीका ५ जना, तनहुँको घिरिङका ३ जना, बागलुङको बागलुङ नगरपालिकाका ५ जना, जैमिनी नगरपालिकाका २ जना र लमजुङको राइरासका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १० पुगेको छ । कास्कीको पोखरा महानगरपालिका स्थित वार्ड प्रहरी कार्यालय, रामबजारमा कार्यरत ४ जना पुरुष र ३ जना महिला नेपाल प्रहरीका हुन् । बाग्लुङको बाग्लुङ नगरपालिकामा कार्यरत ३ जना पुरुषहरु नेपाली सेनाका र २ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुनभने बाग्लुङ नगरपालिका, वार्ड नं ११ का ३३ बर्षीय पुरुष सार्बजनिक सबारी साधन चालक हुन् । जैमिनी–७ का दुबैजना भारतबाट आएर क्वारेन्टाईनमा बसेका पुरुष भएको निर्देशनालयले जनाएको छ

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->