मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङको सहायक प्रजिअमा रुकुम पश्चिमबाट आए पौडेल

बागलुङको सहायक प्रजिअमा रुकुम पश्चिमबाट आए पौडेल


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०७७, शुक्रबार

बागलुङ, १६ असोज – जिल्ला प्रशासन कार्यालय बागलुङको सहायक प्रमुख जिल्ला अधिकारीमा उपेन्द्रराज पौडेलले पदभार सम्हालेका छन् । उनी यस अघी रुकुम (पश्चिम)मा प्रमुख जिल्ला अधिकारीमा कार्यरत थिए । ‘रुकुमबाट आएर कार्यालयको काम सम्हालेको छु,’ सहायक प्रजिअ पौडेलले शुक्रवार भने, ‘बागलुङमा सवैसंग समन्वय गरेर कार्य सम्पादन गर्नेछु ।’ उपसचिव सरहको पद सिर्जना भएपछि लामोसमयदेखि जिल्लामा सहायक प्रजिअको पद खाली थियो । त्यसले कार्य सम्पादनमा केही जटिलता भएको थियो । पौडेलको आगमनपछी जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने सेवामा थप सहयोग पुग्ने प्रजिअ सुरेश न्यौपानेले बताए । स्याङजाका स्थायी वासिन्दा पौडेलसंग निजामती सेवामा २३ बर्षको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->