हामीले हेगेल, फायरबाख, माक्र्स, डार्विन, फ्रायड, लिङ्कन … का विचारलाई मुखाग्र गराइयो । उनीहरुबाटै चेतना र पदार्थ, द्वन्द्वात्मक भौतिकवाद, वर्गसमन्वय, वर्गसङ्घर्ष, अस्तित्वका लागि सङ्घर्ष, अन्तर्विरोध, छलाङ, शक्तिसञ्चय, रुपान्तरण, मानवअधिकार, प्रजातन्त्र, राष्ट्रियता, स्वाधीनता जस्ता मन्त्रोपदेश पनि लिइयो । नेपाली द्वन्द्व पनि भोगियो । नेतृत्वको सिद्धान्त र व्यवहार दुवै हेरियो । तर स्वाधीन राष्ट्रवादको अनुभूति गर्नै पाइएन । बुरु हामी भाइभाइमा खुब बहस गरियो यिनै द्वन्द्व र वादका विषयमा ।
हाम्रो ‘मतदान’ बाहेक खानदान, श्रमदान, पिण्डदान, वासस्थान सबै मिल्थ्यो । हामी अफँैमा बुज्रुक हुँ भन्ने घमण्ड पनि थियो । मतदानको प्रसङ्ग आयो कि हामी भाइभाइमा सधैँ ‘वस्तुबाट विचार वा विचारबाट वस्तु’ जन्म्यो ?, चेतनाले पदार्थ वा पदार्थले चेतनालाई चिनाउँ छ ? आँखाले देखेको वा मनले कल्पना गरेको कुन सत्य हो ? यिनै विषयमा बहस चल्थ्यो । बहस हुँदै गर्दा हामी दाजुभाइको स्वर्गद्वारी (प्युठान) को यात्रा गर्ने योजना बन्यो । योजना स्वर्गद्वारी पुग्ने भए पनि हाम्रा लक्ष्यहरु फरकफरक थिए । हामीमा त दाजुको धर्मप्रतिको आस्था, भीम दाजुको इतिहासप्रतिको रुचि अनि मेरो सामाजिक व्यवस्थाप्रतिको चासो बढी थियो । पशुपतिको यात्रा सिद्राको व्यापार गर्न स्वर्गद्वारीहुँदै रुकुमकोट, गजुलकोट अनि रोल्पाको होलेरी, लिवाङ र थवाङसम्म पुग्ने योजना बनाइयो । रुकुम र रोल्पाली जनताको वास्तविक जीवनस्तर र समर्पणको भाव बुभ्mन मन लाग्यो ।
स्वर्गद्वारी, गजुलकोट र रुकुमकोट पुग्ने लक्ष्य दाजुहरुको थियो । मेरो लक्ष्य द्वन्द्वकालीन समर्पण र उनीहरुको जीवनस्तर अध्ययन गर्नु थियो । यो भ्रमणले ऐतिहासिक, धार्मिक, सामाजिक र राजनीतिक विषयको सहजै अवलोकन गर्न सकिने भयो । नयाँ यात्रा गर्दा अरुको सहयोग त लिनैपर्छ तर कति मात्रामा परनिर्भर हुने भन्ने हो । हाम्रो पनि बागलुङदेखि स्वर्गद्वारीसम्मको भूचित्र त अर्कैले तय गरिदिएको थियो । तर हामी आफँैले आप्mनो यात्राको नयाँ मार्गचित्र पनि तय गरियो ।
यही गएको फागुन महिनाको पहिलो हप्तामा कोभिड १९ को सन्त्रास हुँदाहुँदै पनि एउटा स्कारपियो जीप रिजर्भ गरी बागलुङ, गुल्मी, अर्घाखाँची, प्युठान, सल्यान, रोल्पा, रुकुम र म्याग्दीसम्मको भ्रमण गर्ने योजना बन्यो । हामी योजनाकारसहित दुर्गा, राज, रिमप्रकाश, बुद्धिमान रसवारी चालक भाइसहित आठ जनाको भ्रमण दल बागलुङ बजारबाट पश्चिमतर्फ लाग्यो । यात्राको पहिलो दिन हामी यिनै द्वन्द्व, वाद, राष्ट्रियता र आप्mनै यात्राका विषयमा छलफल गर्दै बिहुँकोट, गलकोट, मुसिकोट, धुर्कोट, पुर्कोट, सौतामारे, बाङ्गेफेदी, मच्छी, बागदुला, बिजुवार, जुम्री, चेरनेटा, चकचकेहुँदै प्युठानको जसपुरसम्म पुगियो । हाम्रो गन्तव्य एउटै भएर पनि विचार र लक्ष्यहरु फरक थिए ।
हाम्रो दोस्रो दिनको यात्रामा मत बाझियो । एउटा मत भालुबाङ, लमै, घोराही, तुलसीपुर, कपुरकोट, खारा, पश्चिम रुकुम (खलङ्गा), पूर्वी रुकुमकोट, रोल्पाहुँदै स्वर्गद्वारी पुग्ने । दोस्रो मतअनुसार रोल्पाको खुङ्री, सुलीचौर, गजुलकोट, लिवाङ, घर्तीगाउँ, दुई खोली, थवाङ, महत गाउँ, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान र रोल्पाको होलेरीहुँदै स्वर्गद्वारी पुग्ने । तेस्रो मत जसपुरबाट बिहानै स्वर्गद्वारी पुगी रोल्पाको खुङ्री, सुनिल स्मृति गाउँहुँदै गजुलकोट पुग्ने अनि लिवाङ, थवाङ, पूर्वी रुकुमकोट, लुकुमकोट, निसीभल्कोट, बुर्तिवाङ, तमान, म्याग्दीको दरबाङहुँदै बागलुङ फर्किने । बहुमतबाट यही पछिल्लो मतानुसारनै यात्रा गर्ने निर्णय भयो । दोस्रो दिनमै स्वर्गद्वारीको लक्ष्य पूरा भयो ।
तेस्रो र चौथो दिनका यात्रा निक्कै उपलब्धिमूलक भए । १५ औं शताब्दिमा निर्मित गजुलकोट, दलङ्गा शिलालेख, ताम्रपत्र, रुकुम कमलदहको सौन्दर्य अनि बन्धुहरुको आतिथ्य सत्कारले हाम्रो यात्रा अविस्मरणीय र ज्ञानवद्र्धक भयो । हाम्रो यात्रा उपलब्धिमूलक भएपनि सुनिल स्मृति गाउँपालिकाको सहिद पार्कमा झुण्ड्याइएका द्वन्द्वकालीन सहिद (एउटा गाउँमा ७० जना) हरुको नामावलीर रुकुम–रोल्पाली जनताको जीवनस्तर देखेर मन अमिइइलो मात्र होइन पिइइरो भयो । सहिदका नामहरु सबै जातजातिका थिए । उनीहरुका कथाव्यथा नागराजले पनि वर्णन गर्न नसक्ने प्रकृतिका थिए । द्वन्द्वको उपलब्धि हात लाग्यो शून्य, शेष रह्यो उजाड बस्ती, उराठलाग्दो गाउँ, मलिन अनुहारहरु अनि माछोमाछो भ्यागुतो मात्र ।
पाँचौँ दिन पूर्वी रुकुमको लुकुमकोट आइपुग्दा फागुनको पहिलो हप्ता भए पनि हिउँले पूरै बाटो अबरोध गरेको रहेछ । हिउँसँग पौँठेजोरी खोज्दा निक्कै आनन्द त भयो तर हिँडेरै पनि दुई घण्टामा बागलुङको बुर्तिवाङ आइपुग्न सकिने स्थानबाट पुनः दुई दिनको बाटो पश्चिम रुकुम, सल्यान, रोल्पाको होलेरी, प्युठानहुँदै उही पुरानै मार्गद्वारा घर फर्किनु पर्ने भयो । मेरा लागि त यो एउटा थप अवसर पनि थियो । तर समग्रमा यो अवरोध हाम्रा लागि प्रतिकूल नै भयो । हाम्रा सामु सबै हिँडेर अगाडि बढ्ने वा केही हिँडेर, केही जीपमा फर्किने वा सबै जीपमै घर फर्किने विकल्पहरु पनि थिए । जहाँ विकल्प हुन्छ, त्यहाँ विमर्श हुनु स्वभाविकै हो । हाम्रो विमर्शको निष्कर्ष निस्क्यो, यात्रा दुई दिन लम्बिए पनि सबै सँगै घर फर्किनुपर्छ भन्ने । सायद नेपालका राजनीतिक पार्टीका बाध्यता र कार्यदिशा पनि यस्तै यस्तै थिए होलान ।
यो यात्राले जीवनमा नयाँ अनुभव गर्ने अवसर दियो । हाम्रो ‘वस्तु प्रधान कि विचार ?’ भन्ने बहसलाई यो यात्राले निष्कर्षमा पुग्न बाध्य बनायो । मनमा विचार नआउँदासम्म यात्राको सम्भव थिएन । यात्रा नगर्दासम्म विचारको कुनै अर्थ भएन । मनले कल्पना गरेको भन्दा आँखैले देखेको सत्य फरक हुँदो रहेछ । विचारले योजना बनाउँदो रहेछ अनि व्यवहारले संशोधन । यात्रा जहाँबाट सुरु गरे पनि गन्तव्य वा फर्किने ठाउँ त उही नै हुँदो रहेछ । यात्राका क्रममा जति मतमतान्तर भए पनि परिस्थिति अनुसार चल्नै पर्दोरहेछ । समय, स्थान र परिस्थितिले नयाँ विचार जन्माउँदो रहेछ ।
हरेक व्यक्तिका अनुभव वा विचार व्यवहारबाट अनुमोदन भएपछि मात्र वाद बन्दा रहेछन् । वादलाई दुनियाँले पत्याए मात्रै उपदेश, दर्शन वा सिद्धान्त भनिदो रहेछ । अर्काले दिएको उपदेश वा मार्गचित्रले व्यवहारमा काम नगर्दो रहेछ । अरुको विचारलाई पछ्याउँदा ढोँगी वा द्वैधवादी (दोधारे) विचार वा मार्गदर्शन बन्दो रहेछ । नेपालमा वकालत गरिने राजनीतिक विचार, कार्यदिशा र राष्ट्रवादका नाराहरु पनि यस्तै द्वैधवादमा आधारित भएको अनुभव गरियो ।
नेपालमा विचार, वाद र तन्त्र (राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र) का विषयमा हामी निक्कै बहस ग¥यौँ । अरुकै विचार र वादको वकालत गर्दै वादी र तान्त्रिक बनेर अनुभव पनि गरियो । हामी आपूmले आफैँलाई निषेध र निःशेष गर्न समेत पछि परेनौं । परिणामले सिद्ध ग¥यो, हाम्रो राष्ट्रवादका विशेषता द्वैतवाद, द्वैधवाद र बहुलवाद । दुई भिन्न वस्तु र विचारको सारलाई सहजै ग्रहण गर्न खोज्नु हाम्रो द्वैतवाद । हामी दोहोरो अनि दोधारका कुरा गर्न निक्कै सिपालु । यही दोधारेपन हाम्रो द्वैधवाद । सामन्तवाद, पुँजीवाद, समाजवाद र साम्यवादलाई पनि एकसाथ हाँक्न सकिन्छ भन्ने अहंकार हाम्रो अर्को द्वैधवाद । यिनै वादैवादको चङ्गुल हाम्रा लागि बहुलवादी राष्ट्रवाद । यिनै द्वैधवाद, बहुलवाद र उदारवाद नै हाम्रा लागि अभिशाप ।
कोशी, गण्डक, टनकपुर, कर्णाली लगायतका सन्धिसम्झौता यिनै बहुलवाद र द्वैधवादी राष्ट्रवादका उपज हुन् । उदारवादले उद्योगकारखान कौडीमा र नागरिकलाई खाडीमा पु¥यायो । दस बर्से युद्धको साँढे जुधाइ र बाच्छो मिचाइको घनचक्कर पनि उस्तै । हामी अरुकै वादको वकालत गर्न निक्कै सिपालु । खोइ हाम्रो राष्ट्रवाद र राष्ट्रिय एकता ? लिपुलेकमा जुटेको नेपाली राष्ट्रवाद एमसीसीमा परीक्षण हुनै बाँकी छ । राणा, पञ्च, काँग्रेस, कम्युनिष्ट, मधेसी, पहाडी, हिमाली केके भइयो । खाँट्टी नेपालवादी नेपाली हुनै सकिएन हामी । अरुको विचार अनुसरण त भयो तर आप्mनो प्रतिपादन भएन ।
हामीलाई आप्mनो भूगोल, प्रकृति, भाषा, धर्म, वेशभूषा, पहिचान र स्वाभिमान सिद्धान्तमा त थाहा भयो होला तर व्यवहारमा पटक्कै अनुभूति भएन । आप्mनो देशको नक्शासमेत कोर्न नजान्ने हाम्रो राष्ट्रवाद । हामी पुराण अनेक पटक सुनियो तर आफै पढिएन । भाषण पनि खुवै सुनियो तर ग्रेटर नेपालको इतिहास पढ्दै पढिएन । कहिलेकाहीँ भावनामा बहकिएर ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यांै, कुन शक्तिको सामु कहिले हामी झुके थ्यौं’ भन्दै राष्ट्रकविको स्वरमा स्वर मिलाइयो होला । तर सुस्ता, महेशपुर, लिपुलेक, कालापानी, गुञ्जी, कुटी, लिम्पियाधुरा लगायतको भूमि बर्सौ वर्षदेखि अरुले भोगचलन गरिरहँदा हामीलाई पत्तै भएन ।
हामी सत्ताबाहिर हुँदा ‘सामन्ती, साम्राज्यवादी अनि विस्तारवादी’भन्दै नारा पनि घन्काइयो तर प्रयोजन के र कसका लागि हेक्का राखिएन । सत्ता टिकाउन उनै प्रभुको गोडा मोल्नुपर्ने अनि पेट पाल्न उनैका ढोकामा ढुक्नु पर्ने नियतीले हामीलाई कहिल्यै छोडेन । पुरेतबाले ‘ॐभूर्भुवःस्वः… भूः भुवः स्वः’ का मन्त्र नसुनाएका पनि होइनन् र गुरुबाले कक्षामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी…’ भन्ने श्लोक नघोकाएका पनि होइनन् । तर हामीलाई ‘स्व’ (स्वधर्म, स्वदेश, स्वतन्त्रता, स्वजन, स्वनियन्त्रण)को बोध र स्वाभिमानको अनुभूति कहिल्यै भएन ।
मातृभूमिको रक्षार्थ हाम्रा पुर्खा पूर्वमा तिस्टादेखि पश्चिममा देहरादुन, अल्मोडा, गढवाल, सतलजहुँदै काङ्गडा र उत्तरमा कुती, केरुङसम्म भोकै र तिर्खै वैरीसँग लडेका थिए रे भन्नेसम्म त सुनियो । तर सुगौली सन्धीपछि उनै वैरीसँगै किन भाडाका सिपाही बन्नु प¥यो ? अझै खोजीनीति भएको छैन । दुई सय वर्षदेखि नेपाली युवालाई भाडाका सिपाही बन्न के चिजले आकर्षित ग¥यो र कसले बाध्य बनायो ? विदेशी सेनामा मात्र होइन अन्य पेसामा समेत नेपालीहरु कहिलेसम्म परदेशमा रमाउने र सरकार विप्रेषणमा रजाइँ गर्ने ? यी अनुत्तरित प्रश्न हुन् । हामी वीरबहादुरबाट क्रान्तिकारीहुँदै शान्तिप्रसाद पनि भइयो तर हाम्रो जीवनस्तर र गतिमति उस्तै छ ।
लक्ष्मीप्रसाद देवकोटाले ८६ वर्ष पहिल्यै ‘हातका मैला, सुनका थैला, के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेकै हुन् । आजपनि लाखौँ नेपालीहरु सुनका थैलाकै लागि परदेशी भूमिमा चर्न विवश छन् । लाखौँ विदेशीहरु नेपालमा आश्रय पाएकै छन् । घरदेशीलाई परदेशी र विदेशीलाई स्वदेशी बनाउने बहुलवादी कूटनीति वा अर्थराजनीति हामी बुभ्mदैनौँ वा बुभ्mनै चाहन्नौँ ।
पहिलो र दोस्रो विश्वयुद्धमा हाम्रा हजारौं चेलीको सिन्दुर पुछिएकै हो । बर्मा र भुटानबाट नेपालीहरु खेदिएकै हुन् । इराक र अफगानिस्तानमा नेपाली श्रमिकको सामुहिक हत्या भएकै हो । अहिले पनि दैनिक लासका बाकस स्वदेश भित्रिएकै छन् । अहिले कोरोना महामारीले लाखौँ युवालाई विदेशमा तड्पाएकै छ । र पनि यी पेट पाल्न र लाज छोप्न ज्यान फालेर श्रम बेच्नेहरुलाई विदेशमा कुन चिजले आकर्षण ग¥यो ? वा कसले बाध्य बनायो ?, हाम्रो शिक्षाले यही सिकाएको हो त ?, हामी कहिल्यै आत्मनिर्भर बन्न नसक्ने नै हौँ त ?, हामीलाई सत्ता, भत्ता, काम र माम अरुले नै दिनुपर्ने हो ? यी विषयमा बहस र चिन्तन कहिल्यै गरेनौँ हामी ।
हाम्रो शाहकालीन पहिलो एक सयवर्ष राष्ट्रनिर्माणकै चरणमा बित्यो । राणाकालीन सय वर्ष उनीहरुकै पारिवारिक भोगविलासमा बित्यो । राणापछिका ७० वर्ष यिनै द्वैधवादी राष्ट्रवादमा अरुकै गुलामी, सलामी र दलालीमै बिते हाम्रा । अर्काको खुराकी खाएर सुराकी गर्नेले देशलाई स्वाधीन र स्वाभिमान बनाउन नसक्दो रहेछ । अब चेतना सबैलाई भयो । अझै एक सय वर्ष नेपाललाई परदेशी वाद र आशीर्वाद चाहिँदैन । अहिले हामीलाई नेपालवाद भए मात्र पुग्छ । नेपालको इतिहास, भूगोल, समाज, प्रकृति र भाषा–संस्कृतिको ज्ञान र बोध नै नेपालवाद हो । अब नेपालवाद बुभ्mन र बुझाउन जरुरी छ ।
देशको विकास र समस्याको निकास खोज्न पहिलो चरणमा गास, बास र कपासको खाँचो छ । दोस्रो चरणमा स्वास्थ्य, शिक्षा र स्वरोजगार भए पुग्छ । तेस्रो चरणमा शान्ति र संमृद्धि चाहिन्छ । चौथो चरणमा प्रजातन्त्र, लोकतन्त्र, स्वतन्त्रता अनि मानवअधिकारको खोजी हुनेछ । पाँचौँ चरणमा अबको एक सय वर्षपछि बल्ल नेपाललाई बहुलवाद, विस्तारवाद, साम्राज्यवाद वा अधिनायकवाद, समाजवाद, साम्यवाद कुन आयातित वाद चाहिने हो बहस गरौंला । परदेशबाट लखेटिनेहरु अनि पेट पाल्न र लाज छोप्न विदेशमा बेचिने हामी निमुखालाई परदेशी वाद अहिले चाहिँदैन । भोक, रोग र शोकसँग लडिरहेका हामी कसैका वादी होइनौँ । हामीलाई कुनै अमुक पार्टीनिष्ठ झोला र झोले होइन दुःख, पीडा र अन्यायमा साथ दिने साथी चाहिएको छ । धुन्धुकारी नेता, मेकाले शिक्षा अनि द्वैत र द्वैधवादी व्यवस्था पनि होइन, नेपाललाई नेपालवादी शिक्षा, स्वाभिमान नेतृत्व र स्वदेशमै गास, बास र कपासको व्यवस्था गर्ने स्वाधीन राष्ट्रवाद चाहिएको छ । स्वर्गद्वारीको यात्रामा देखेझैँ माछोमाछो भ्यागुतो होइन, आमूल परिवर्तनको अनुभूति चाहिएको छ ।
त्रिभुवन विश्वविद्यालय, नेपाल ।





