पोखरा, २१ असोज– विदेशमा रोजगारी दिने नाउँमा ठगी प्रमाणित भएका तथा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई मंगलबार कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१६ अर्मलाका ४० वर्षीय हेमप्रसाद गुरुङ रहेकाछन् । उनलाई २०६८ सालमा अदालतले ठगी मुद्दामा २ वर्ष कैद र २ लाख जरिवानाको सजायँ सुनाएको थियो ।




