नवलपुर, २२ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकीकरणसंगै जिल्ला तहमा समेत नेतृत्व समायोजन भएको छ । नवलपुरको कावासोतीमा बुधबार भएको संयुक्त जिल्ला स्तरीय भेलाले दलबहादुर केसीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
यस्तै, नवलपुर क्षेत्र नम्बर १ र २ को अध्यक्षमा क्रमशः सन्तोष थापा र नुरबहादुर आलेलाई चयन गरिएको छ । भेलाले ४ वटा नगर समिति अध्यक्ष समेत तोकेको छ । भेलाले दुवै पार्टीका जिल्ला सदस्यहरु समायोजन भएपछि बनेको जिल्ला कार्यसमितिमा स्वतः जिल्ला सदस्य रहने, पार्टीमा योगदान पु¥याएका र अन्य पार्टीबाट प्रवेश गरेकालाई जिल्ला सदस्य मनोनित गर्ने निर्याय गरेको छ । भेलाले जिल्ला सल्लाहकार दाताराम पाण्डेलाई केन्द्रिय सदस्यमा मनोनित गर्न आग्रह गर्ने निर्णय गरेको छ ।





