नवलपुर, २२ असोज– नवलपुरको गैंडाकोटमा आफ्नै दाजुबाट बहिनी बलत्कारको शिकार भएकी छन् । घरमा कोही नभएको मौका छोपी १४ बर्षीय दाजुबाटै ७ वर्षकी बहिनी बलात्कृत भएको गैंडाकोट प्रहरीले जनाएको छ ।
बालिकाको गुप्तांगबाट रक्तश्राव भएपछि उपचारमा लैजाँदा चिकित्सकले यौन क्रियाकलापले रगत बगेको बताएपछि घटनाको रहस्य खुलेको हो । प्रहरीले दाजुलाई नियन्त्रणमा लिएको छ । पीडित बालिकाको उपचार चलिरहेको छ ।
घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।





