मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

चितवन राष्ट्रिय निकुञ्जमा एक सातामै मरे पाँच गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा एक सातामै मरे पाँच गैंडा


  • खगेन्द्र पराजुली
  • असोज २२ २०७७, बिहिबार

फाईल फोटो

नवलपुर, २२ असोज– चितवन राष्ट्रिय निकुञ्जमा थप एक गैडा मृतावस्थामा भेटिएको छ । नवलपुरको दक्षिणी क्षेत्र त्रिबेणीको भेलौजीमा बुधबार गैंडा मृतवस्थामा देखेपछि प्राप्त सूचनाका आधारमा बिहिबार निकुञ्जको भेटेरिनरी बिज्ञसहितको टोली घटनास्थल गएको पश्चिम सेक्टर अमलटारीका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।
पश्चिम सेक्टर प्रमुख अधिकारीले बुधबार साँझ सुचना पाएपछि आफु र प्राविधिकसहितको टोली त्यसतर्फ जाँदै गरेको बताए । उनका अनुसार गैंडाको खाग–खुर सुरक्षित छ भन्ने जानकारी आएको छ । खाग सुरक्षाका लागि निकाल्न लगाएको हुँदा खागको आधारमा हेर्दा ५–६ वर्ष उमेरको गैंडा हो कि भन्ने अनुमान छ । गैंडा मृत अवस्थामा रहेको ठाउँ त्रिबेणीको भेलौजी भएपनि कस्तो ठाउँमा कसरी मरेको हो भन्ने विषय भने घटनास्थल पुगेपछि मात्रै आधिकारीक रुपमा प्रष्ट हुने अधिकारीले बताए ।
यससँगै चालु वर्षमा साउन यता निकुञ्जका ८ वटा गैंडा मरेका छन् । असोज महिनाको एक साताको अवधिमा मात्रै ५ वटा गैंडा मरेका छन् । एक सातामा भेटिएका पाँच वटामध्ये एउटा चितवनमा, एउटा त्रिबेणीदेखी तल भारतमा र तीनवटा नवलपुर क्षेत्रमा मृतावस्थामा भेटिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->