बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ढोरपाटन–चितवनमैत्री समाजद्धारा बाढीपहिरो पीडितलाई सहयोग

ढोरपाटन–चितवनमैत्री समाजद्धारा बाढीपहिरो पीडितलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज २४ २०७७, शनिबार

नवलपुर, २४ असोज– जन्मथलो छाडेर वसाईसराईका क्रममा चितवनमा आई बसोबास गरेका बाग्लुङ ढोरपाटनको संगठित समाजले बाढी पीडितका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । ढोरपाटन–चितवनमैत्री समाजले बैंकमार्फत १ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग रकम पठाएको हो ।
गत भाद्र १७ गते ढोरपाटन नगरपालिकाको वडा नं. ९ बोबाङको भुजीखोलामा आएको बाढी–पहिरोका कारण वडा नं. ६, ७ र ८ मा समेत भएको मानवीय एवं भौतिक क्षतिमा पीडित बनेका प्रभावितका लागि सहयोग गरिएको समाजका अध्यक्ष लालप्रसाद कंडेलले बताए ।
अध्यक्ष कंडेलका अनुसार, शनिवार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भर्चुअल उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको हो । रकम ढोरपाटन नगरपालिकाको दैबी प्रकोप राहतकोषमा जम्मा गरिएको कंडेलले बताए ।

समाजले आह्वान गरेको सहयोग संकलन अभियानमा अष्ट्रेलियामा रहेका राजमान थकालीले २५ हजार, अमेरिकाबाट पिताम्वर गैरे जैसीले १० हजार २ सय ५५, गैरे सेवा समाज भरतपुर ९ बाट १० हजार १ सय ५०, भरतपुर १० का धनिश्वर खरेलले १० हजार रुपैंया सहित अन्य सहयोगी दाताबाट जुटेको रकम सहयोग गरेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->