पोखरा, २५ असोज– रोटरी क्लव अफ पोखरा अन्नपूर्णको संयोजनमा श्री सत्य साई बालसेवा आश्रम, तुल्सीघाट, रानीपौवाको सुरक्षार्थ सीसी क्यामरा प्रदान गरिएको छ । रोटरी क्लव अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष तथा थ्री सिष्टर फाउण्डेशनका अध्यक्ष लक्की कार्की क्षेत्रीको परिवारले आफ्नी आमाको स्मरणमा आश्रममा सीसी क्यामेरा जडान गरिदिएका हुन् । सीसी क्यामेरा जडानले आश्रम थप सुरक्षित बनेको रोटरियन ईश्वर कर्माचार्यले जानकारी दिए ।




