बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नवलपुरमा नगद सहित चार जुवाडे पक्राउ

नवलपुरमा नगद सहित चार जुवाडे पक्राउ


  • खगेन्द्र पराजुली
  • असोज २५ २०७७, आइतबार

नवलपुर, २५ असोज– नवलपुर प्रहरीले नगदसहित चार जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. २ कोल्हुवाको गैरीटोलबाट प्रहरीले जुवाडे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहनबहादुर खाँणका अनुसार ईभानकटेज एण्ड लजमा जुवातास खेली रहेका ४ जना युवकहरु १ लाख ५८ हजार ८० रुपैया नगद र ५२ पत्ती तास सहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मध्यबिन्दु २ कोल्हुवाका ३३ बर्षका हेमकान्त चौधरी, वडा नं. ४ पनौतीमा ३८ बर्षीय बबरजैग चौधरी, वडा नं. ३ लेडाहाका २८ बर्षका बिवेक थनेत र वडा नं. ४ लुस्लहरीका ३३ बर्षीय अरुण भण्डारी छन् । चाडपर्वहरु नजिकिएसँगै प्रहरीले जुवातास नियन्त्रण र सुरक्षामा निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->