नवलपुर, २६ असोज– कावासोतीमा युवाहरुले बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘आज उ, भोली त्यो, पर्सी को ? आखिर कहिलेसम्म’ भन्ने ब्यानर बोकेका थिए । कावासोतीको फलफूलचोकमा हरियाली संस्था र दिगो विकासका लागि वातावरण सचेतना संस्थाले जनदबावसहित सचेतनाका लागि प्रदर्शन गरेको हो ।
प्रदर्शनमा हरियाली संस्थाका अध्यक्ष एलएन दवाडी तथा दिगो बिकासका लागि वातावरण सचेतना संस्थाका संस्थापक अध्यक्ष सुधन लम्साल लगायत युवा–युवतीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले आफ्नै घरमा हुँदैछ बलात्कार, म कहाँ जाउँ सरकार, गृहमन्त्री के गर्दै, बलात्कारी देश घेर्दै, उठौँ जागौ बोलौ बलत्कारविरुद्ध भन्ने प्लेकार्ड प्रदर्शन गरेका थिए ।





