बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

युनाइटेडमा सल्लाहकार चयन

युनाइटेडमा सल्लाहकार चयन


  • ढोरपाटन संवाददाता
  • असोज २७ २०७७, मंगलबार

पोखरा, २७ असोज– युनाइटेड क्लव पोखराले नया नेतृत्व संगै विभिन्न उपसमितिहरु तथा सल्लाहकारहरु चयन गरेको छ । क्लवको हालै सम्पन्न ११ औ साधारण सभा तथा पांचौ अधिवेशनबाट नया नेतृत्व चयन भएसंगै विभिन्न उपसमितिका संयोजक, उपसंयोजक र सल्लाहकारहरु चयन गरेको हो ।
युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेको क्लवको दोश्रो बैठकले विभिन्न ९ वटा उपसमिति र सल्लाहकारहरु चयन गरेको हो । जसअन्तर्गत क्लवको शिक्षा उपसमिति संयोजकमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, सह संयोजकमा सविता श्रेष्ठ रञ्जित, भौतिक निर्माण उपसमिति संयोजकमा क्लवका प्रथम उपाध्यक्ष लोकबहादुर थापा, सहसंयोजकमा शिबवहादुर थापा, विपद ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका द्धितीय उपाध्यक्ष गणेश तिमिल्सिना र सह संयोजकमा सन्तोष कार्की, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा संस्थापक अध्यक्ष हिमालय बख्रेल र सह संयोजकमा दिवानी सुवेदी चयन भएका छन ।
त्यसैगरी सेती नदी संरक्षण उपसमिति संयोजकमा क्लवका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, सह संयोजकमा गणेश बहादुर खड्का, खेलकुद उपसमितिको संयोजकमा कार्यसमिति सदस्य विष्णुकुमार गुरुङ र सह संयोजकमा कृष्णबहादुर थापा मगर, स्वास्थ्य उपसमिति संयोजकमा कार्यसमिति सदस्य जयराम आचार्य र सह संयोजकमा नरहरी पनेरु चयन भएका छन । त्यस्तै महिला उपसमिति संयोजकमा कार्यसमिति सदस्य सीमा गुरुङ र सह संयोजकमा शान्ति सुवेदी, युवा तथा प्रशिक्षण उपसमिति संयोजकमा संयोजकमा कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ र सहसंयोजकमा नविन श्रेष्ठ लाई चयन गरिएको छ ।
त्यसैगरी क्लवको बैठकले १७ जना सल्लाहकारहरु समेत चयन गरेको छ । जसअन्तर्गत सल्लाहकारहरुमा निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, राजेन्द्रबहादुर थापा, विश्वप्रकाश लामिछाने, सम्मरबहादुर श्रेष्ठ, शुशिलराज पराजुली, क्याप्टेन फत्तेबहादुर गुरुङ, तीर्थलाल श्रेष्ठ, कवितादेवी गुरुङ, लिलाधर अधिकारी, लिलबहादुर जिसी, मेजर हितमान गुरुङ, प्रेमछिरी शेर्पा, गोविन्द घिमिरे, मुक्षेत्र गुरुङ र श्यामकृष्ण श्रेष्ठ रहेको क्लवका महासचिव शान्तबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->