शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट हत्या आरोपी पक्राउ

स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट हत्या आरोपी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०७७, बुधबार

स्याङ्जा, २८ असोज– एक महिलाको हत्या आरोपमा प्रहरीले गुल्मी जिल्ला घर भई हाल स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ३ कालिमाटी बस्दै आएका ४१ वर्षीय कृष्ण परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बिहान पुतलीबजार नगरपालिका वडा नं. १ टेलिकमको कार्यालय नजिकै बाटोमा घाईते अवस्थामा भेटिएकी ३५ वर्षीया मनकुमारी नेपालीको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको थियो । नेपालीको मृत्युपछि अनुसन्धान गर्ने क्रममा कृष्ण परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । परियारले आइतबार राती मृतक नेपालीलाई कुटपिट गरि घाइते बनाएर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । घटनाबारेमा थप अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->