
तनहुँ, २७ असोज– घिरिङ गाउँपालिका–५ हटियाका जोगबहादुर श्रेष्ठ ६८ बर्षका पुगे । बुढ्यौली लागेका उनी अब आराम गरेर बस्नुपर्ने बेला हो । तर, ३० बर्ष अगाडी गरेको अपराधले उनलाई धर्मकर्ममा लाग्नुपर्ने बेला कर्तव्य ज्यान मुद्धाले जेल पु¥याएको छ ।
फरार प्रतिवादीलाई निशाना लगाईरहेको तनहुँ प्रहरीले श्रेष्ठलाई मंगलबार दिउँसो घरबाटै प्रक्रियो । श्रेष्ठले २०४७ सालमा मंसिरे पुर्णिमा मेला लाग्दा दुई समुहबिच भएको झडपमा कुटिपिट गरी हत्या गरेको तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले बताए । उनका अनुसार २०४८ साल फागुन १९ गते तनहुँ अदालतले ९ बर्ष ६ महिना १६ दिन कैद तोकेकोमा फरार थिए । ईलाका प्रहरी कार्यालय बेलचौताराको टोली उनलाई प्रकाउ गरेको हो ।





