बागलुङ, २८ असोज– संघिय सरकारको हस्तक्षेप र केन्द्रमुखी प्रवृत्तिको कारण अझै पनि नेपालका गाउँपालिकाहरुमा दक्ष कर्मचारी अभाव भएको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासंघले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा अध्यक्ष होमनारायण श्रेष्ठले दक्ष कर्मचारी संघले अनुत्पादक क्षेत्रमा राखिदिएको बताए ।
आफ्नो कार्यकाल भित्र सबै गाउँपालिकामा कालोपत्रे सडक लैजाने लक्ष राखेको छ । महासंघका महासचिव बंशलाल तामाङले यो कामकालागि चालु बर्ष ५ अर्ब बजेट बिनियोजन भएको बताए । महासंघको काम कारवाही चुस्त हुन नसक्नुमा दक्ष कर्मचारीलाइ पालिकामा नपठाउनु कारण पनि भएको बताए । उनीहरुले दक्ष कर्मचारी स्थानीय पालिकामा पठाउनुको साटो अदक्ष र अनुभव नभएकालाई पठाउने र दक्षलाई आयोगहरुमा लगेर थन्क्याएको समेत टिप्पणी भएको थियो । न्यायिक समितिलाई चाहिने कर्मचारी समेत अझै राज्यबाट नपुगेको उनले बताए । कर्मचारी अभाव भएर पनि गाउँमै न्याय दिने काम भने भएको उनको दावी थियो ।
संघिय सरकारले निशर्त बजेट कम बिनियोजन गर्दा बिकास निर्माणका काम पुरा हुन नसकेको महासचिव वंशलाल तामाङले टिप्पणी गरे । ‘बजेटको अंक ठूलो भएपनि ग्रामीण क्षेत्रमा सडक लैजाने काम अप्ठ्यारो छ’ उनले भने, ‘आगामी बर्षसम्म सबै पालिकामा सहजै जाने सडक बनाइनेछ ।’ उनले वन ऐनले बिकास निर्माणमा बाधा पुगेको पनि बताए । पहिरोले बस्ती सार्नुपर्ने बाध्यता भएका स्थानमा पनि वन ऐन बाधक भएको उनको भनाइ छ ।
महासंघको तथ्यांक अनुसार नेपालमा ३१ प्रतिशत पालिकामा मोटरबाटो पुगेको छ । २ सय पालिकामा कच्ची सडक र २२ वटा पालिकामा अझै सडकले नछोएको भेटिएको हो । असारे बिकासबाट बचाउन सकियो भने आगामी दुइबर्षमा ती पालिकामा पनि सडक सहज बन्ने उनले बताए । देशभर ४ सय ६० गाउँपालिका छन् ।
वन ऐन बनाउने क्रममा तीनवटै सरकारको स्वामित्व रहने गरी भएको सुझाव केन्द्र सरकारले कार्यानवयन नगरी केन्द्रकै अधिकारमा राखेकोले ती समस्या आएको बताएका थिए । वन ऐनले स्थानीय पालिकालाई काम गर्न अप्ठ्यारो भएको महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । कार्यक्रममा महासंघको केन्द्रीय कार्यालयका प्रमुख बिमल पोखरेलले समस्या हुँदाहुँदैपनि बिकासले गति लिएको, सिंह दरवारको बजेट गाउँमा पुगेको र जनप्रतिनिधिले जनताको चाहना अनुसारका काम गर्ने वातावरण बनेको बताए । उनले पत्रकारले देखेका बिषय सुझावको रुपमा आएको समेत बताए । कार्यक्रममा देशभरका २४ पत्रकार, महासंघका कर्मचारी र जनप्रतिनिधि समेत सहभागि थिए ।




