बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चितुवाको आक्रमणमा छोरा गुमाएकालाई राहत

चितुवाको आक्रमणमा छोरा गुमाएकालाई राहत


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७७, बिहिबार

तनहुँ, २९ असोज– चितुवाको आक्रमणबाट ११ महिने छोरा गुमाएको परिवारलाई राहात प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका–२ मसारका बिष्णुबहादुर रानाको परिवारलाई राहत प्रदान गरिएको हो ।
डिभिजन वन कार्यालय तनहुँले बिहिबार पीडित परिवारलाई ९ लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको छ । उक्त चेक संघिय सांसद केदार सिग्देल र गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले हस्तानतरण गरेका थिए ।
सो अवसरमा बोल्दै सांसद सिग्देलले सरकार जनताको सुखदुखमा संगै रहेको बताए । उनले जंगल छेउमा बस्ती हुँदा चितुवाको आक्रमण बढ्दै गईरहेको उल्लेख गर्दै यस्ता घटना दोहोरिन नदिन चनाखो हुनुका साथै वन्यजन्तुको वासस्थान बिगार्न नहुने बताए ।
प्रदेशसभा सदस्य कोईरालाले गाउँबस्ती असुरक्षित हुदै गएकाले सुरक्षित घरवासलाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिईन् । ‘वन्यजन्तुको आहारा जंगलमा पाउन छाडेकाले बस्तीमा पस्न थालेका हुन्, जंगलमा पर्याप्त आहाराको व्यवस्थापन गर्न सक्यौ भने आक्रमणका घटनामा कमी आउँछ’, उनले भनिन् ।
गत साउन २१ गते घरमै आमा कृष्णमायाको काखैबाट खोसेर ११ महिने बालक नारायणलाई चितुवाले आहारा बनाएको थियो । तत्कालै घटनास्थल पुगेर डिभिजन वन कार्यालय तनहुँले क्रिया खर्चबापत ५० हजार रुपैयाँ राहत दिएको थियो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहतस्वरुप १० लाख रुपैयाँ दिईने प्रावधान रहेको डिभिजन वना प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । घाईते भएमा उपचार खर्च दिईने व्यवस्था रहेको छ ।
२०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षिय विशाल श्रेष्ठलाई चितुवाले सिकार बनायो । त्यसपछि चितुवाले श्रृंखलाबद्ध बालबालिकामाथि आक्रमण गरिरहेको छ । तीन वर्षसम्म पनि आक्रमण रोकिएको छैन । तनहुुँमा हालसम्म १० जनाको चितुवाको आक्रमणबाट ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । चितुवाको आक्रमणमा पर्ने सबै डेढ वर्षदेखि १२ वर्षसम्मका बालबालिका हुन् । पिँढीमै आएर चितुवाले बालबालिकालाई सिकार बनाउने क्रम निरन्तर बढेपछि जिल्लाबासी आतंकित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->