बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देवघाट र शहीद लखन गाउँपालिकाबीच भगिनी सम्बन्ध

देवघाट र शहीद लखन गाउँपालिकाबीच भगिनी सम्बन्ध


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७७, शुक्रबार

तनहुँ, ३० असोज– गण्डकी प्रदेशका दुई गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका छन् । तनहुँको देवघाट गाउँपालिका र गोरखाको शहीद लखन गाउँपालिकाले भगिनी सम्बन्ध गाँसेका हुन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले बिहीबार भगिनी सम्बन्धका लागी सम्झौता पत्र आदनप्रदान गरे । दुबै स्थानिय तहले एक अर्काको धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा सघाउने सम्झौता पत्रमा उल्लेख छ ।
यी दुवै स्थानीय तह गण्डकी प्रदेशमा धार्मिक पर्यटनको दृष्टिले अब्बल छन् । देवघाटमा हिन्दु धर्मलम्वीहरुको आस्थाको धरोहर पवित्र तीर्थस्थल देवघाटधाम पर्दछ । यस्तै, शहीद लखनमा मनकामना मन्दिर छ । जहाँ केवलकार चढेर दैनिक हजारौ भक्तजन पुग्छन् ।
दुई गाउँपालिकाबीच गाँसिएको सम्बन्धले धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रचारप्रसार र प्रर्बद्धनमा सघाउ पुग्ने देवघाट गाउँपालिका अध्यक्ष थापा बताउँछन् । उनी भन्छन्, ‘पर्यटन प्रवद्र्धनका लागि यो सम्बन्ध कोशेढुंगा सावित हुनेछ । तत्तकालै पर्यटकको ओइरो लाग्ने भन्नेचाही होइन् । यो सम्बन्धले निकट भबिष्यमा मनकामना आउने पर्यटकलाई देवघाट पठाउन महत्वपूर्ण भुमिका खेल्छ ।’
गतवर्ष पुसको अन्तिम साता देवघाटमा देशभरका धार्मिक स्थल रहेका स्थानिय तहबीच धार्मिक सम्मलेन भएको थियो । त्यतिबेला नै स्थानिय तहबीच भगिनी सम्बन्ध गाँस्ने निर्णय गरियो । सोही निर्णय अनुसार अन्य स्थानिय तहससँग पनि भगिनी सम्बन्ध गाँस्ने देवघाटको योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->